प्रहरी चौकीमा विद्रोहीको हमला, ७१ जनाको मृत्यु

  • काठमाडौँ ।
म्यानमारको राखिने क्षेत्रमा विद्रोहीहरुले प्रहरी चौकीहरुमा हमला गर्दा कम्तीमा ७१ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ५९ रोहिंगा र १२ सरकारी सुरक्षाकर्मी रहेको नाइएको छ।

शुक्रबार नेतृ आङ साङ सुकीले एक विज्ञप्ति जारी गर्दै मृतक संख्या जानकारी दिएकी हुन्। उनले मृतक रोहिंगाहरु लडाकु भएको दाबी गरिन्।

सुकीले करिब १५० लडाकुले मध्यरातपछि प्रहरी चौकीमा आक्रमण गरेको जनाइएको छ। हमलाको जिम्मेवारी अराकान रोहिंगा सालभेसन आर्मीले लिएको छ।

सो विद्रोही समूहले राखिने राज्यको उत्तर राथेतुङ सहर दुई साताभन्दा लामो समयदेखि नाकाबन्दीमा रहेको भन्दै आफूहरुले रक्षात्मक कार्वाही गरेको जनाएको छ। एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...