एमाले प्रवेशको हल्ला फिजाएर सुटुक्क माओवादीमा फर्किदै नयाँ शक्तिका सह संयोजक

  • काठमाडौँ ।
नयाँ शक्तिका नेता राम चन्द्र झा माओवादी केन्द्रमै फर्किने भएका छन् । झाले २०६९ जेठमा एमाले छोडेर माओवादी प्रवेश गरेका थिए। 

बाबुराम भट्टराई माओवादीबाट अलग भएपछि उनी नयाँ शक्तिमा गएका थिए। झाले नयाँ शक्ति छोड्ने निश्चित भैसकेपछि माओवादी केन्द्रमा अफार्किने मनसाय बनाएका हुन्। तत्कालिन नेकपा एमालेमा निकै राम्रो छवि बनाएका झा नयाँ शक्तिका सहसंयोजक हुन् । 

पछिल्ला दिनमा नेता झा एमाले प्रवेश गर्ने चर्चा चलेको थियो। एमालेका पूर्वनेता समेत रहेका उनले एमालेसँग उपाध्यक्षको पद माग गरेका थिए। 

उपाध्यक्ष पद दिन एमाले नेताहरु सकारात्मक नदेखिएपछि बिहिवार विहान उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाट पुगेका थिए। 

दाहालसहित माओवादी उच्च नेताहरुसंगको छलफल सकारात्मक बनेपछि झा माओवादी केन्द्र प्रवेश गर्ने अन्तिम तयारीमा रहेका छन्।

माओवादी केन्द्रका कार्यालय सदस्य मणी थापाले झा लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्नेबारे छलफल चलेको पुष्टि गरेका छन्। झासहित रामकुमार शर्मा लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन्।

२०७४ साउन २६ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...