भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगिन्


काठमाडौं ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको १५ औँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छिन। 

स्वराज बिहीबार दिउँसो साढे एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेलले जानकारी दिए । 

उनि विमानस्थलबाट लौनचौरस्थित भारतीय राजदूतावास गएकी छिन । बिम्स्टेकको १५ औँ मन्त्रीस्तरीय बैठक बिहीबार बेलुका ८ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । 

काठमाडौंमा जारी सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकको एजेण्डा तय गर्ने छ । बैठकमा सहभागी हुन सदस्य देशका विदेशमन्त्रीहरु बिहीबार दिउँसोसम्ममा काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...