अन्ततः भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी, उपमेयरमा पार्वती

  • चितवन । 
धेरै लामो प्रतिक्षाको घडी समाप्त पार्दै भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ । महानगरको मेयरमा कांग्रेस–माओवादी गठवन्धनकी रेणु दाहाल विजयी भएकी छन् । 

एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २ सय ३५ मतले पछाडी पार्दै रेणु विजयी भएकी हुन् । यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी भएकी छन् । एमालेकी उम्मेदवार दिव्या शर्मा आचार्यलाई पछि पार्दै शाह उपमेयरमा बिजयी भएकी हुन् ।

भरतपुर महानगरपालिकामा वैशाख ३१ गते पहिलो चरणमै निर्वाचन भएको थियो । मतगणनाका क्रममा जेठ १४ गते राती दलका प्रतिनिधिले वडा नम्बर १९ को गणनाका क्रममा मतपत्र च्यातलेपछि विवाद विवाद भइ सो वडामा साउन २० गते पुनः मतदान भएको थियो । 

पुनः मतदान गर्ने निवाचन आयोगको निर्णय विरुद्ध एमाले कार्यकर्ताले सर्वोच्चमा रिट हालेपछि फैसाल हुन लामो समय लागको थियो । 

सर्वोच्चले आयोगको निर्णयको पक्षमा फैसला सुनाएपछि १९ नम्बर वडामा पुनः मतदान गरिएको थियो ।विवादका कारण बाँकी रहेको १९ मा पुनः मतदान गरेपछि १९ र २० नम्बर वडाको मतगणना गरिएको हो ।

मेयर र उपमेयर दुबैमा कांग्रेस माओवादी गठबन्धनले विजय हात पारेपछि दुवै पार्टीका नेता कार्यकर्ता र समर्थकहरु विजय जुलुस निकाल्न मतगणनास्थल कभर्ड हल बाहिर भेला भएका छन् । निर्वाचन कार्यलयले औपचारिक घोषणा भने गरिसकेको छैन ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...