एमालेका प्रतिनिधि बाहिर निस्केपछि एकाएक भरतपुरको मतगणना स्थगित

  • चितवन । 
मतपत्र च्यातिएको प्रकरणपछि स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना १९ नम्बर वडामा २० गते पुनः मतदान गरेपछि सुरु भएको थियो । 

मतगणना सहजै सम्पन्न भएर छिट्टै नतिजा प्रकाशित हुने कि नहुने भन्ने दुबिधा कायम रहेकै बेला केहीबेर अघिदेखि भरतपुरको मतगणना रोकिएको छ । 

मतगणनास्थलमा बसेका एमालेका प्रतिनिधि खाजा खाने बहाना बनाउदै बाहिरिएपछि मतगणना रोकिएको खबर प्राप्त भएको छ । बाहिर निस्किएका एमाले प्रतिनिधिहरु फर्किएपछि पुनः गणना सुरु हुने निर्वाचन आयोगले बताएको छ ।

अहिलेसम्मको मत परिणामअनुसार २ हजार मत गणना हुँदा रेणु दाहाल ७५ मतले अगाडि छिन् । लामो समयसम्म अग्रता लिएका उमाले उम्मेदवार देवी ज्ञवाली अहिले केही पछि परेका छन् । 

२०७४ साउन २१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...