मेयर रेणु दाहाललाई चुनौती दिदै एमाले वडाध्यक्षले गरे यस्तो निर्णय, सबै चकित..

  • काठमाडौं । 
सबैलाई चकित पार्ने गरी एमालेबाट निर्वाचन भरतपुर महानगरपालिकाको ११ नम्बर वडाका वडाध्यक्ष बाबुराम अधिकारीले तीन वटा निर्णय गरेका छन् ।

भरतपुर महानगरपालिकाका एमालेका तर्फबाट नवनिर्वाचित वडा सदस्यहरु सहित सपथ ग्रहण गरेका अध्यक्षले पदभार सम्हालेलगत्तै ११ नम्बरलाई वातावरणमैत्री वडा घोषणा गर्ने, हेल्थ क्लब सञ्चालन गरिने (जिम हल, एरोबिक) र सुकुम्बासीहरुलाई जग्गा हस्तान्तरण गर्न पहल गर्ने निर्णय गरेका हुन् । ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको शपथग्रहण कार्यक्रममा भरतपुर १९ को मतपत्र च्यात्ने सहभागी भएको भन्दै उनीहरुले शपथ लिएका थिएनन् ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा छुट्टै कार्यक्रमको आयोजना गरी एमालेका तर्फबाट निर्वाचित १४ मध्ये १२ जना वडा अध्यक्षले मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेसँग शपथग्रहण गरेका छन् ।

वडा सदस्यले भने महानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा महानगर प्रमुख दाहालसँग शपथग्रहण गरेका थिए ।

कांग्रेस माओवादी गठबन्धनबाट निर्वाचित मेयर रेणु दाहालले भरतपुरलाई एसियाकै उत्कृष्ट महानगर बनाउने बताइरहेका बेला एमालेबाट निर्वाचित ११ नम्बर वडाका वडाध्यक्षले पदभार ग्रहण गर्दै जनताको man जित्न यस्तो निर्णय गराएका छन् ।

२०७४ साउन २३ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...