६ सांसदसहित १७ नेतालाई राप्रपाले गर्यो कडा कारबाही, को–को परे ? (सूचीसहित)

  • काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले १७ जना नेतालाई कारबाही गरेको छ । जसमा ६ सांसदसमेत परेका छन् ।

राप्रपा नेता पशुपति शमशेर राणाले आइतबार (हिजो नयाँ पार्टी) राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए । राणा नेतृत्वको पार्टीमा १९ सांसद गएका छन् ।

राप्रपाले भने ६ सांसदलाई मात्रै कारबाही गरेको छ । यी हुन् कारवाहीमा पर्ने संसादहरु

१. दिपक बोहोरा
२. सुनिल थापा
३. रेशम लामा
४. विराज विष्ट
५. राज्यलक्ष्मी श्रेष्ठ 
६. बविता मोक्तान लावती
यी छ जनालाई पार्टीको साधारण सदस्य समेत नहरने गरी कारबाही गरेको राप्रपाले जनाएको छ ।

यस्तै राप्रपाले नेताहरु हरिबहादुर बस्नेत, रामकृष्ण भट्टराई, पदमबहादुर बस्नेत, नवराज सुवेदी, विष्णुविक्रम थापा, गिरिधारी परियार, दिपककुमार राई, विन्दु पहाड, प्रदिप उदय र किरण गिरीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...