भरतपुर ताजा अपडेट : रेणु दाहालले गरिन चमत्कार (हेर्नुहोस् मतपरिणामसहित)

  • भरतपुर  ।
भरतपुर महानगरपालिका वडा नम्बर २० को मतगणना जारी रहँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीसँगको मनान्तर साँघुरो पारेकी छिन् । 

वडा नम्बर २० को ४०२ मत गन्दा रेणुले मतान्तर २२१ बाट घटाएर १७० बनाएकी छिन् । पछिल्लो मतपरिणामअनुसार देबी ज्ञवालीले सबै मत जाेडेर ४२०६९ मत ल्याउँदा रेणु दाहालले ४१८९९ मत ल्याएकी छिन् । 

वडा नम्बर २० को ४०२ मत गन्दा ६ मत बदर भएको र १९६ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २० मत खसेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...