निश्चल २ : फोन उठाउनासाथ उसले रुदै भनि- म अमेरिका जाँदैछु, त्यसपछि उ हराई..


नमिता पौडेल ।

एस.एल.सी. पनि सकियो र पुनः काठमाण्डौ जाने दिन आयो । अव म उसलाई नै सम्झेर मख्ख पर्न थालेको थिए ।

घरबाट विदा मागेर म काठमाडौंको गन्तव्यतर्फ अघि बढे । जब काठमाडौं आई पुगे, आई पुग्ने बित्तिकै मामाको छोरीलाई उसको बारेमा सोधे । 

मामाको छोरी बहिनीले, काली पहिला भन्दा धेरै नै जान्ने भएको कुरा बताई । कालीले म आएको थाहा पाएर स्कुलबाट फर्किएलगत्तै मलाई भेट्न भनेर म भएको ठाउँमा आई । 

अब उ कक्षा आठमा पढ्ने भएकी थिई । ऊ पहिला भन्दा राम्री हिस्सी परेकी रहिछे । उसको छोटो कपाल लामो भएको थियाे । सलक्क जिउडाल अग्लि देखिएकी थिई । मन मनै सोचे १७ वर्षे जवान उमेरका आँखाले दुई खुट्टे जस्तो केटीलाई पनि राम्रो देख्छन् भन्थे त्यहि त होईन ? तर मलाई मेरो आँखा अगाडी साच्चैकै परी नै उभिएको छ भन्ने भान भइरहेको थियो । 

तथापी मलाई पोष्टकार्ड सम्झेर कता कता अलि अलि लाज पनि लागिरहेको थियो । उसको आमाले फेरी ट्युसन पढाउने ठेक्का मलाई नै दिनुभयो । ऊ पहिला जस्तै बिहान - बिहान मसंग पढ्न आउन थाली । म पहिला उसको गुरु थिएँ, तर अहिले मलाई थोरै तल झरेका आभास भईरहेको थियो । 

संसारको सबैभन्दा ठुलो ताल बैकाल ताल भनिन्छ । म ठ्याक्कै त्यहि ताल जस्तै अर्को ठुलो तालको अगाडी उभिएको थिए । त्यो तालको नाम थियो मायाँताल । मायाँताल जसको निर्माण गरेकी थिई कालीले र त्यो निकै नै ठुलो अनि गहिरो लाग्यो, जुन आजसम्म पनि मैले पुर्ण रुपमा बुझ्न सकेको छैन । 

उ हरेक दिन आफ्नो पहिरन परिवर्तन गर्थी, खासै अग्ली त थिइन तर हिस्स परेकी, हात खुट्टा तथा कम्मर सलक्क परेकी, हलुका छाती देखिने पहिरन लगायर आउँदा मलाई कुनै मोडल नै आएकाे भान गराउँथी । उसले मलाई आफूतिर आकर्षित गराइरहेकी थिई । खोई किन हो कुन्न दिन प्रतिदिन मैले उसलाई मेरो आफ्नै समपनामा पो देख्न थाले । फेरी बेला बेलमा ऊ Tylor Swift को गित पनि गाई दिन्थी । दादा गित गाउँछु है भनेर सुरु गरी हाल्थी ।

You are Romeo, you were throwing Pebbles
And my daddy said "stay away from Juliet"
And I was crying on the staircase
Begging you, "Please don't go"

ओहो अग्रेजी गित, म त त्यती जान्दैनथ तर उसले त हलिवुड बलिउड दुवै किताव भन्दा नि कण्ठ थिए । ऊ म संग दिन दिनै हिन्दी सिरियलको कुरा गर्थी अनि हिन्दीमा म्बष्यिनगभ मार्थी । म भारतको सिमा नजिक बसेको भए तापनी हिन्दी बोल्न पटक्कै आउदैनथ्यो । हरेक दिन उ मलाई भिन्न भिन्नै तरिकाबाट आकर्षित गर्दथी । 

उसको मायाँतालभित्र जती छिर्दै गयो निस्सासिनुको सट्टा म त उसको मायाँताल भित्र रहेका झारपात छोएर रमाउन थाले । उसका चटपटे बोली, कोमल कलिला अंगहरुको अनुभुती तथा आँखाका गहिराईमा लठिन्थे जसरी मानिसहरु नसामा लठिन्छन् । 

ट्युसनको बहानामा हामी मायाँताल भित्र छिरी र्याफ्टिङ गर्दथ्यौ । कहिले ऊ बोट चलाउँथी त कहिले बोट चलाउने पालो मेरो हुन्थ्यो । यती सानै भएर पनि मलाई उसले नै धेरै कुराहरु सिकाउथी । उसको आमाले दिएको पैसा भनौ वा मेरो तलव आएको दिन सधै हामी मोःमो खान जान्थ्यौ । 

उसकै पैसा त हो भनेर म पनि लोभ नगरी सबै उसैलाई खर्च गरिदिन्थे । हामी मामाको छोरी (बहिनी) लाई पनि संगै लिएर मोः मो खान जान्थ्यौ । काली साह्रै बाठी थिई, ५ प्लेट मोःमो मगाएर पसलेलाई चार प्लेट मात्र हो भन्थी र दादा चार प्लेटको मात्र पैसा तिर्नु है भनेर चलाखि देखाउथी । 

हामी विभिन्न ठाँउहरु घुम्न जान्थ्यौ, कहिले नाइट अाउट त कहिले टिफिनलक पिकनिक । अब मायाँताल ताल मात्र रहेन । यो त बगेर बिस्तारै बिस्तारै निस्कदै निस्कदै महा–सागरमा पो मिसिन थाल्यो । हाम्रो प्रेमको चर्चा मामाको छोराछोरी, मामाघर तथा टोल छिमेकका पसलहरुविच सवैतिर मिसिन पुग्यो । 
एस.एल.सी. परिक्षाको परिक्षाफल प्रकाशित भयो । म प्रथम श्रेणीमा उतिर्ण भए तर म भन्दा खुसी काली भएकी थिई । उसलाई म काठमाडाैंमा नै कलेज पढ्छु भन्ने लागेको थियो र म पनि त्यहि चाहन्थे । तर घरबाट मलाई काठमाडाैं पढ्ने अनुमती आउनुको साटो घरमा नै बोलाईयो । 

हामी नचाहदा नचाहदै पनि भौगोलिक रुपमा एक अर्काबाट टाढा भायौ तर बिभिन्न दिृष्टीकोण बाट हामी एकदमै नजिक नै थियौ । काली मलाई हरेका दिन फोन गरी आफ्नो दिनचर्या सुनाउँथी । उसका बाबा अमेरिकामा थिए । ऊ भन्ने गर्थी म कसैलाई पनि मायाँ गर्दिन, हजुर पनि नगरिस्यौ है । 

म कम बोल्थे बढी सुन्थे । मलाई उसले बोलेको सुनिरहन मन लाग्न थालेको थियो । मेरो ईच्छा तथा रुची साहित्यप्रति बढ्दै जाँदा साहित्य पढ्न आग्रह गरे तर घर परिवारको दवावमा साइन्स नै पढ्न प¥यो । मेरो मन पढाईमा भन्दा बढी कालीमा हुन्थ्यो । 

उसले एक दिन फोन गरिन, मैले सोचे परिक्षा आएको होला । भोली पल्ट पनि फोन गरिन मनले मानेन परिक्षाका वेला नआएको प्रश्न सोध्न भने पनि ऊ फोन गर्थी किन गरिन ? भनेर आफै फोन गरे । ल्याण्ड लाइनको फोन उसैले उठाई अनि हेलो भन्नासाथ रुन पो थाली ।

के भयो भनेर धेरै पटक सोधपछि मात्र उसले भनी- 'हामी सबैको भिषा लाग्यो । अनि हामी सबै अमेरिका जाने भइयो ।' हाम्रो देश तथा वातावरणमा अमेरिकाको भिषा लाग्यो भने सबै जना खुसी हुन्छन् तर ऊ भने रुन थालेकी थिई । मैले पनि संकापद तरिकाले उसलाई सोधे । 

ल ! भिषा लाग्दा खुसी पो हुन्छन् त किन रोएकी तिमि ?
'भिषा लाएर म अमेरिका जान्छु अनि हजुर ?'
ल मलाई पछि तिमि लगन ! 
'नाई हुदैन हजुर आफै प्रोसेस गरेर आउनु ।'
हुन्छ तर रोएको किन ?
'हजुरसंग छुटिनु प¥यो भनेर ।'

कहाँ छुट्टीएको छौ र हामी ? अहिले पनि संगै छैनौ तर फोनमा त सधै कुरा गछौं । आफ्ना कुराहरु सेयर गछौं । फेरी अमेरिका कती नै टाढा हो र ? इन्टरनेट छ दिनहुँ कुरा गर्न मिलि हाल्छ नी। मैले सम्झाउदै गएपछि ऊ मेरो कुरामा विश्वस्त हुदै गई । 

हाम्रा कुराहरु कहिलै पनि सकिदैनथे । हुदाहुदै उसको अमेरिका जाने दिन आयो । उ उही आफ्ना सपना, मेरो मायाँ साथमा लिएर म जहाँको त्यहि छु सबै सपनाहरु पुरा गर्ने उद्देश्य लिएर । म अलिकती पनि दुखी भएको छैन किन भने म उसको प्रेमलाई विश्वास गर्थे ।

सदिक्षा गएको लगभग एक महिना सम्म पनी फोन आएन । म धेरै छटपटिए, हरेक दिन तड्पिए । उसंग बोल्न तथा उसको बारेमा जान्न चाहान्थे तर फोन कुर्दा कुर्दा दुई महिना वित्यो । उ काठमाडाैं हुँदा उसको फोन सधै साझपख नै आउथ्यो । एक दिन साँझको वेला थियो मेरो मोवाईलको घण्टी बज्यो । विदेश तिरकै नम्बर थियो हतपत फोन उठाए ।
हेलो ?
'हेलो निश्चल बोलेको हो ?'
हजुर ! मलाई चिन्नु भयो ?
'अहँ चिनिन त ! कस्तो होला हिजो मात्र भेटेको होईन ?'

रेला गर्ने भए फोन राखि दिन्छु । नत्र को हो ? आफुलाई चिनाउनुहोस । म झर्केर बोलेपछि उसले फोन खोसी र भनी म बाहिरी अरु कोही केट संग लागेको छ कि छैन भनेर चेक गरेकी रे । 

मैले भने म तिमि जस्तो हो र ? सायद उ गएको यत्रो दिन सम्म फोन नगर्दा म उ संग रिसाएको हुन पर्छ । उ त रुन पो थाली । मलाई संका गर्ने भन्दै । मलाई फकाउन धेरै गाह्राे प¥यो । धन्न उसको नाकको टुप्पोको रिस धेरै बेर रहदैन र पाे त, उसकाे त्यो बानीसंग म चिरपरिचित नै थिए ।

अमेरिकाबाट उ हरेक दिन साँझको समयमा फोन गर्थी । उता भने मिर्मिरे उज्यालो भई रहेको हुँदो रहेछ । भन्थि म बिहानै हजुरसंग बोले भने मेरो दिन राम्रोे हुन्छ । अन्त्यमा भन्ने गर्थि 'थ्याङ्क्यु फर मेकिङ माइ मर्निङ गुड'..

हाम्रा गफहरु निरन्तर चलिरहन्थे । सधै सधै उस्तै खालको हामी विवाह गर्ने, विवाह पधि विश्व भ्रमणमा जाने, एउटा फुटवल टिम जन्माउने । र रिटायर्ड लाइफपछिको जीवन नेपालमा नै विताउने । मेरो, चियामा चिनी खाने बानी थिएन, त्यो कुरा उसलाई पनि थाहा थियो । एक दिन फोनमा कुरा गर्दा गर्दै आमाले चिया मेरो अगाडी ल्याएर राखिदिनु भयो । म चियाको चुस्कीमा उसको गफ सुनिरहेको थिए । 
उसले भनी - 'हजुर चियामा चिनी किन नखाने ?'
मिठो लाग्दैन ।
'मेरो घरमा मलाई माग्न आएको दिन चियामा चिनि हालेर दिन्छु अनि मान्छेको अगाडी त्यो चिया फल्नु हुन्छ की खानुहुन्छ ?'
खान्छु तर एउटा सर्तमा !
'कस्तो सर्त भनिस्यो न प्लिज'
चिनी चियामा हैन तिम्रो ओठमा राखेर दियौ भने ।
उ मेरो कुरा सुनेर मज्जाले हाँसी ।..... क्रमश:  हामी यो कथाको अर्को भाग आगामी मंगलबार प्रकाशित गर्नेछौ ।

यो कथाको पहिलो भाग पढ्न यहाँ क्लिक गर्नुहोला ।

,

प्रतिकृया दिनुहोस्

Loading...