स्वप्नहत्याराको चिट्चिट

  • रविन न्यौपने ।
हल्लिएको आसनबाट उ के देख्दैछ ? के सपना हो यो ? रिंगटा लागेर भाउन्न भएको छ उसलाई । उ आवाज देखी भयभित छ । 

आवाज छेक्न उसले ब्यारिगेट बनायो, के देख्न पर्यो उसले, आवाजले पगालिदियो फलामलाई ! सुरक्षाको लागी उसले अग्लो पर्खाल बनायो तर आँशुको भेलहरु तारबारहरु भत्काउदै महलको जग खोल्दैछन । 

किन बुलेटप्रुफ गाडीहरु रगतका छिर्काहरु छेक्न सक्दैनन् ? उ सपनाहरुबाट त्रसित छ, तेसैले त बहुरास्ट्रिय झोलहरुबाट हर रात आफुलाई बेहोस बनाउछ, तर चित्कारको शक्तिदेखी उ आजित छ । 

हरेक रात उसको सपना भंग गर्छ चित्कारहरुले ! उसले संगीनले लेखेको इतिहाँस दुखियाको कलमले भत्काउदैछ.. उ नशाले लट्ठ भयर पसिनाले निथ्रुक्क भिजेको छ, उसको मनमा तछाडमछाड गर्दै घुमिरहेका छन्।

 अनिस्टकारी शक्तिहरु ..आवाजहरु आँशुहरु, रगतहरु, चित्कारहरु कलमहरु ।

प्रतिकृया दिनुहोस्

Loading...