पोखरामा नेपाली सेनाद्वारा आफ्नै सहकर्मीको गोली हानी हत्या

  • आश तमु, पोखरा। 
नेपाली सेनाका एक प्युठले पोखरामा आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् । 

नेपाली सेनाको पोखरास्थित सिद्धीबक्स गणको रत्न मन्दिर पोस्टमा कार्यरत सैनिक वसन्त लोहारले आफ्नै सहकर्मी सैनिक प्युठ गणेश सिंह विष्टको गोली प्रहार गरी हत्या गरेका हुन् । 

उनीहरु दुवैजना रातिदेखि सँगै ड्युटीमा बसेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार बिहान ४ः३० बजे सैनिक प्युठ लोहारले गोली प्रहार गरेर आफ्नै सहकर्मीको हत्या गरेको पुष्टि गरे पनि हत्याको कारण नखुलेको जनाएको छ ।

२०७४ साउन ३१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...