बाढी-पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ सय १५ पुग्यो


  • काठमाडौं।
देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या १ सय १५ पुगेको गृह मन्त्रालयले पुष्टि भएको छ । 

त्यसैगरी बाढी पहिरोमा परि ४४ जना बेपत्ता भएका छन् भने विभिन्न जिल्लामा गरी २१ जना घाईते भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जनाएका छन्  ।

त्यसैगरी करिव ३ हजार भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन् भने ५० हजार भन्दा बढी घर डुबानमा परेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी बाढी पहिरोमा परि ३ हजार ७ सय ७ वटा चौपाया बेपत्ता भएका छन् ।

प्रभावितका बारेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सबै जानकारी हुने हुँदा एकद्वार प्रणालीले राहत वितरण सुरु गरिएको सरकारले जनाएको छ । तर प्रभावितले भने यो प्रणालीले झन् सकस पारेको गुनासो गरेका छन् । 

बाढी र डुबानका कारण विस्थापित भएका धेरैजसोले चिउरा र भुजामा रात बिताएका छन् । बिरामी, बालबालिका र बुढाबुढीको जनजीवन थप कष्टकर बन्दै गएको छ । उनीहरुले तत्कार राहत र उद्धार तथा बासको व्यवस्था गर्न पनि माग गरेका छन् ।

सरकारले राहत र उद्धारको कामलाई तीब्र पारेको जनाए पनि टालटुले मात्र राहत पाएको प्रभावितले बताएका छन् ।

२०७४ साउन ३१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...