बलात्कृत बाख्राले अदालतमै पुगेर बयान दिएपछि..


एजेन्सी ।

पीडितले अदालतमा उपस्थित भएर आरोपीविरुद्ध बयान दिएको त तपाई हामीले देख्दै र सुन्दै आएका हौं ।

तर, बलात्कारको शिकार भएको बाख्राले अदालतमा पुगेर बयान दिनसक्छ ?केन्याको डाबासो, किलिफी काउन्टीमा अदालतले बाख्रालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

सजाय दिने क्रममा बाख्राले आरोपीलाई चिनेको समाचारमा जनाइएको छ ।

अदालतको एक कुनामा उपस्थित २८ वर्षीय कटाना किसाओ गोनालाई बाख्राले लगातार हेरेको थियो । मुख्य अभियोजक जिम्मी किमारुका अनुसार २५ नोभेम्बरमा गोजाले बाख्रालाई झाडीमा लगेर बलात्कार गरेका थिए । चराउन लैजाने क्रममा घाम भएपछि मालिक साराले बाख्रालाई झाडीमा बाँधेर केहीपर आराम गरेका थिए । त्यही बेला गोजाले बाख्रासँग दुराचार गरेका हुन् ।

प्रत्यक्षदर्शीले सारालाई भनेपछि गोनालाई पक्राउ गरेर स्थानीय प्रहरीसमक्ष बुझाइएको थियो । अदालतले फैसलापछि गोजाले भने आफ्नो पत्नी विकलांग भएको र आफूमा निर्भर भएको भन्दै सजाय कम गर्न आग्रह गरेका थिए । तर, न्यायाधीशले उनको माग अस्वीकार गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...