दिल्ली पुगेर देउवाले गरे राजा महेन्द्रले समेत नमानेको राष्ट्रघाती सम्झौता !

  • काठमाडौँ । 
पाँच दिने भारतको भ्रमणमा गएका प्रधानमन्त्री शेबहादुर देउवाले आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता गरिएका आठ बुँदामध्ये केही राष्ट्रघाती रहेको बुझिएको छ । 

भारतको स्वार्थमा गरिएका ति सम्झौता आगामी माघ महिनासम्म गोप्य नै राखिने आन्तरिक सहमति भएको बुझिएको छ । यसरी बिगतमा पनी नेपालका शासकहरुले गोप्य सम्झौता गर्ने गरेका थिए ।

यस्तै देउवाले कोशीमा उच्च बाँध बनाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापछि दुवै देशका प्रधानमन्त्रीद्वारा जारी गरिएको विज्ञप्तिको २८ नम्बर बुँदामा दुई देशबीच सप्तकोशी उच्च बाँध बनाउने सहमति भएको उल्लेख छ ।

भारतले २०३१ सालमा नै तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापालाई यो बुँदामा सहमति गर्न प्रस्ताव गरेको थियो तर तत्कालिन राजा महेन्द्रले नमानेपछि सम्झौता प्रस्तावमा हस्ताक्षर भएको थिएन 

पञ्चायती कालमा राजाले नमानेको राष्ट्रघाती सम्झौतामा गणतन्त्र नेपालका प्रधानमन्त्री देउवाले सजिलै हस्ताक्षर गरिदिएका छन् । यसले उनि भारतको बफादार सिपाही भएको प्रमाणित गरिदिएको छ ।

भारतले सीमा क्षेत्रमा बाँधेका बाँधकै कारण तराई–मधेस डुबानमा परेको बेला भारत भ्रमणमा निस्केका प्रधानमन्त्रीले नेपाली जनताको जीवनको पूरै बेवास्ता गरेर भारतलाई खुशी बनाउन उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार सुनसरीको बराह क्षेत्रदेखि डेढ किलोमिटर उत्तरतर्फको सप्तकोशी नदीको साँघुरो घाँटीमा २ सय ६९ मिटर अग्लो र १ किलोमिटर लामो बाँध बनाइने छ । यसले भारतमा हुने डुबाउनलाई रोक्नेछ । भने नेपालका दर्जनौ जिल्ला डुवानमा पर्नेछन् ।

कोशी उच्च बाँध बनेको खण्डमा नेपालको लगभग २ सय वर्गकिमी भू–भाग जलाशयमा परिणत भइ धनकुटा, भोजपुर, सुनसरी, उदयपुर, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लासम्मका १५ हजार घरधुरी डुबानमा पर्नुका साथै ७५ हजार नेपाली विस्थापित हुने विज्ञहरु बताउँछन् ।

यस्तै देउवाले भुकम्पपछिको पुनर्निर्माणका लागी यसअघि भारतले दिने भनिएको सहयोगको कार्यन्वयन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

भुकम्पपछिको पुनर्निर्माणको लागि भारतले सहयोग गर्ने वचन दिएको क्षेत्रहरु शिक्षा, स्वास्थ्य, संस्कृति तथा सम्पदा र आवासमा सहयोग कार्यान्वयन सम्बन्धी ‘मोडालिटी’ बारेमा समझदारी भएको हो।

त्यसैगरी अवैध लागुऔषध नियन्त्रण गर्ने सम्बन्धमा संयन्त्र निर्माण गर्ने सम्बन्धी समझदारी भएको छ । चार्टर एकाउन्टेन्सी सम्बन्धि बिषयमा पनि नेपाल र भारतका चार्टर एकान्टेन्ट संस्थाहरुबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

२०७४ भदौ ९ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...