महेन्द्रनगरमा साइन्स क्याम्पसका विद्यार्थीको होस्टेलभित्रै घाँटी रेटियो


काठमाडौं ।


कञ्चनपुर । जिल्लाको सिद्धनाथ बिज्ञान क्याम्पसका विद्यार्थी डम्बर जाग्रीको निमर्मतापूर्वक हत्या गरिएको छ ।

शनिबार बिहान होस्टलको कोठाभित्र जाग्रीको हत्या भएको अवस्थामा फेला पारिएको हो । हत्या शनिबार राति भएको अनुमान लगाइएको छ । जाग्रीको शव शनिबार बिहान ८ः३० बजे घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । शव भूइँमा भेटिएको हो।

मृतक जाग्री माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) कंचनपुरका जिल्ला सदस्य समेत हुन् । उनी बीएस्सी चौथौ वर्षमा अध्ययनरत थिए । हत्या कसले र किन गरिएको हो भन्ने पत्ता लागेको छैन ।

बझाङ्ग घर भएका जाग्री गएको ४ वर्षदेखि सिद्दनाथ विज्ञान क्याम्पसको होस्टलमा बस्दै आएका थिए । जाग्री होस्टेलभित्र खानाको मेस समेत सञ्चालन गर्दै आएका थिए । 

सिद्दनाथ विज्ञान क्याम्पसमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्व अध्यक्ष जाग्रीलाई चारदिन अघि बसेको बैठकबाट अखिल क्रान्तिकारी विद्यार्थी संगठनको संयोजक जिम्मेवारी पनि दिइएको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...