जनतालाई दशा लाग्दा सरकार मौन, बाढी–पहिरोबाट ३० जनाको मृत्यु

  • काठमाडौं ।
झापा,मोरङ,सुनसरी,सप्तरी,रौतहट,दाङ,बाँके,सर्लाही लगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण ३० जनाको निधन भएको छ । ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ ।

गृहमन्त्री जनाद्र्धन शर्माका अनुसार हालसम्म बाढी र पहरोमा परी मोरङमा तीन जना, झापामा दुई जना,सुनसरीमा सात जना,पाँचथरमा तीन जना,बारामा एक जना,सर्लाहीमा एक जना,बाँकेमा तीन जना,सिन्धुलीमा चार जना,पाल्पामा एक जनासहित ३० जनाको निधन भएको हो । बाढी र डुवानका कारण संकटको अवस्थामा परेकाहरुको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

झापाको मदना,कपनबास,बाँकेको नारायणपुरमा अप्ठयारोमा परेका मानिसहरुलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिसकिएको गृहमन्त्रालयले जनाएको छ । बाँकेको गोवरी,गावर र गन्दली पुल क्षतिग्रस्त भएको छ । बागमती सिंचाइको बाँध खतरापूर्ण अवस्थामा पुगेका कारण त्यहाँ डोजर पठाइएको गृहमन्त्रालयले बताएको छ । ‘हामीले उद्धारलाई प्राथमिकतामा राखेका छौ’गृहमन्त्री शर्माले भने ‘स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य टोली र उद्योगी व्यवसायीबाट ड्राइ फुड डुवानग्रस्त क्षेत्रमा पठाउने तयारी भइरहेको छ ।’

खोज,उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,तालिमप्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्ति उच्च प्राथमिकताका साथ परिचालन भइरहेको पनि गृहमन्त्रालयले बताएको छ ।

गृहमन्त्रालयले मुलुकका बिभिन्न नदीहरुको जलसतह बढेको र केहि नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएकोले सबैलाई आ आफनो तर्फबाट उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

सरकार मौनजस्तै 
बर्सात लागेसंगै हरेक बर्ष नेपालमा दर्जनौं नागरिकले अनाहकमा ज्यान गुमाउने गरेका छन् तर सरकारले बर्खा लाग्नु अगावै बाढी पीडितहरुलाई ठुलो नोक्सानीबाट जोगाउन कुनै पहल थालेको देखिदैन । सत्ता त भत्ताका लागि सिंहदरबारभित्रै कुर्सी तानातान गर्ने राजनीतिक दलका नेताहरुले बाढी-पहिरो पीडितका लागि अहिलेसम्म कुनै पहल गरेको देखिदैन ।

हरेक बर्ष जनता बाढी र पहिरोको चपेटाेमा पर्छन, ज्यान गुमाउँछन, घरबारविहीन बन्छन र तर सरकार भने मुकदर्शक बनेर तमासा मात्रै हेर्छ । उद्दारका लागि कुनै बैज्ञानिक तरिका अपनाउन सरकारले तयारी थालेको अहिलेसम्म कुनै रेकर्ड छैन । अवस्था यहि रहिरह्यो भने अझै कयौं नेपाली जनताले बाढी-पहिरोको सिकार बन्नुपर्ने निश्चितजस्तै छ । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...