एका बिहानै सिन्धुलीबाट आयो दुखद खबर: पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

  • काठमाडौं । 
सिन्धुलीमा एका बिहानै दुखद घटना घटेको छ । जिल्लाको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा दुर्गा खड्का, उनका छोरा अनिज, मनिष र छोरी शोभा रहेका छन् । पहिरोमा पुरिएका श्रीमान् उदयबहादुर खड्कालाई भने सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

बिहान ४ बजेको समयमा माथिबाट झरेको पहिरोले घर भत्काएको थियो । एकै घरका 4 जनाको ज्यान गएपछि गैरीगाउ शोकमा डुबेको छ । पहिरोको जाने डरले स्थानीय त्रसित बनेका छन् ।

२०७४ साउन साउन २८  मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...