भरतपुरमा माओवादी केन्द्रलाई अर्को आपद, कीर्ते गरेको आरोपमा नेता समातिए

  • भरतपुर । 
भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रलाई अर्को आपद परेको छ । शुक्रबार भएको मतदानमा माओवादीका नेता नै कीर्ते गरेको अभियोगमा फसेका हुन्।

भरतपुर १९ को किरणगञ्ज मतदानस्थलमा शंका लागी चेकजाँच गर्दा माओवादी नेता सूर्य सुवेदी पथिकको बा १३ च ७५९९ नम्बरको कार कीर्तेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । 

माओवादी नेता सुवेदीले प्रयोग गरेको कार सिडियोको कीर्ते हस्ताक्षर रहेको अनुमतिपत्र बनाई प्रयोग गरेको अबस्थामा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानीयले आशंका गरी चेकजाँच गर्दा जिल्ला प्रशासन कार्यालयको छाप नभएको पत्र र सिडियोको कीर्ते हस्ताक्षर गरिएको खुलासा भएको थियो । 

खानतलासी गर्दा माओवादी नेता सूर्य सुवेदी पथिकलाई माओवादी केन्द्रका प्रतिनिधि भनेर लेखिएको नक्कली पास पनि भेटिएको थियो । कारसहित केहीबेर प्रहरी नियन्त्रणमा रहेका नेता सुवेदीलाई भने त्यसै छाडिएको छ ।

२०७४ साउन २० मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...