भरतपुर अपडेट: पहिलाको भन्दा निक्कै कम मत खस्यो, केहीबेरमा मतगणना सुरु हुदै

  • चितवन । 
भरतपुर महानगरपालिका–१९ मा शुक्रबार भएको पुनः मतदानमा निक्कै कम मत खसेको छ ।

उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत मत खसेको दावी गरीएको थियो । तर त्यहाँ ५५ प्रतिशत मात्रै मत खसेको प्रारम्भिक अनुमानबाट पत्ता लागेको थियो । 

शुकबार भएको पुनः मतदानमा पनि निर्वाचन आयोगले ७५.५८ प्रतिशत मत खसेको दावी गरिरहदा त्यहा फिल्डमा खटिएका इमान्दार मिडिया सहकर्मी जीवन कडेलका अनुसार निक्कै कम मत खसेको छ । बिहानमा मतदाताको उपस्थिति थिएन भने दिउसो केहि फ्याट्टफुट्ट मतदाताहरु देखिन्थे ।

महानगरपालिकाका २७ वटा वडाको मतगणना सम्पन्न भइसकेर दुई वटा वडाको मत गन्न बाँकी रहँदा मतपत्र च्यातिएको थियो । सत्ताइस वटा वडाको अन्तिम परिणामनुसार नेकपा (एमाले)का प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० तथा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गरेका थिए । महानगर–२० को तीन हजार ३०२ मतगणना गर्न बाँकी छ । 

मतपत्र संकलन भएपछि दलको सहमति भएमा आजै साँझदेखि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए ।

सर्वदलीय बैठक बसेर केहीबेरपछि मतगणना सुरु हुने निर्वाचन आयोगले जानकारी दिएको इमान्दार मिडिया सहकर्मी जीवन कडेलले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...