'हिम्तवाला कोही छौं भने अाउ, गण्डक बाँधमा सँगै मिलेर बम हानौं !'

  • नवलपरासी । 
भारतीय दादागिरीको सबैभन्दा बढी शिकार भएका सुस्तावासी अाक्रोसित भएका छन् । विहीबार उनीहरु कुटो कोदालो बोकेर गडण्डक नहरको बाँध भत्काउन जुटे । सो बाँधका कारण सुस्ता डुबानमा परेको छ ।

करिब दुई सय सुस्ताबासीले बाँध भत्काउन १० मिटर खनेपछि स्थानीय प्रशासनले रोकेको थियो । एक मिटर गहिरो खनेर गाउँ पसेको बाढी निकास गर्न सुस्तावासी पलामे पुल नजिकै गण्डक नहरको बाँध भत्काउने तयारीमा थिए । तर प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले रोके । उनले भारतीय पक्षसँग अाफूहरु कुरा गर्ने भन्दै रोकेका थिए ।

गण्डकमा बाँध बाँधेर भारतले जलविद्युत निकालेको छ । विद्युत उत्पादनपछि पानीलाई भारतले सिँचाई गर्दै अाएको छ । नहरको लागि बनाइएको बाँधले वर्षेनी सुस्ता डुबानमा पर्ने गरेको छ ।

भारती पक्षले तीन दिनसम्म समस्या समाधान गर्ने बताएकाले अाफूहरु पछी हटेको बताउँदै सुस्ताका स्थानीले समस्या समाधान भनए तीनपछी फेरि बाँध भत्काउने बताउँछन् । उनीहरुले अाफूलाई साथ दिन राजनीतिक दलसँग अाग्रह गरेका छन् ।

२०७४ भदौ ६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...