प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल बनाउन पत्रकार ऋषि धमलाले बनाए यस्तो ग्राण्ड डिजाइन !

  • काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई सफल बनाउन काँग्रेस निकट एक चर्चित पत्रकारले गजबको ग्राण्ड डिजाइन तयार पारिसकेको खुलासा भएको छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई पूर्णता दिलाउनका लागि काँग्रेस निकट चर्चित पत्रकार ऋषि धमला
मंगलबार नै सुटुक्क भारत पुगेका छन् ।

‘धमालाजीले विमानस्थलमा प्रधानमन्त्रीको विशेष स्वागतको प्रबन्ध मिलाउनु हुन्छ, त्यसका अतिरिक्त उहाले प्रधानमन्त्रीको भारत भ्रमणलाई सफल बनाउन अरु पनि केहि सेटिंङ मिलाउनुहुन्छ होला नी ! ' उनिनिकट स्रोतले इमान्दार मिडियालाई भन्यो ।

धमला आजै भारतीय समकक्षीसँग भेट गरी देउवाका लागि चाजोपाजो मिलाउने स्रोतको भनाई छ  । भारतसँग पनि नजिक मानिदै आएका पत्रकार धमला बेला बखतमा दिल्ली दौडमा कुदिरहेको देखिन्छ । देउवा बुधबार भारत भ्रमणमा जादै छन ।

२०७४ भदौ ६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...