कार्यादेश बिपरित सामाग्री ओसारपसार गर्ने १० ट्रिपर नेकपाको कब्जामा

  • धनगढी ।
कैलालीको कर्णाली चिसापानीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाई परियोजनाको नाममा अनुमति पाएको क्रशर उद्योगका उत्पादित सामग्रीको अवैधानिक ओसारपसार र विक्री वितरण भएको पाईएको छ।

रानी जमरा सिँचाई आयोजनाको नहर निर्माणको ठेक्का पाएको कालिका कुमार जेभिले सिँचाई आयोजनाका लागि मात्र प्रयोग गर्ने गरि पाएको अनुमति विपरित विक्री वितरण गरेको पाईएको हो । 

शुक्रबार कैलालीको गेटामा निर्माणाधीन अस्पताल भवनका लागि ल्याईएका १० वटा ट्रिपर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवाहरूले नियन्त्रणमा लिएपछि उक्त कुराको खुलासा भएको हो । 

एउटा चलान अर्कै काममा प्रयोग गरीएको सूचनाका आधारमा छानविन गर्दा अवैधानिक रूपमा ओसारपसार र विक्री वितरण भएको खुलेको नेकपा कैलालीका जिल्ला सदस्य विरेन्द्र बिकले बताए ।


राष्ट्रिय गौरवको आयोजना भएकोले रानी जमरालाई क्रशर सञ्चालनको अनुमति भएपनि अर्को परियोजनाको लागि विक्री वितरण तथा ओसारपसार गर्न भने नपाईने कैलालीका जिल्ला वन अधिकृत डा.राजेन्द्र केसीले बताए ।

एउटा परियोजनाको लागि अनुमति लिएर अर्को परियोजनाको लागि विक्री वितरण गर्न नपाईने भए पनि रानी जमराको कार्यदेशमा के छ भन्ने कुरा बुझेर कारवाहीको प्रक्रिया अघि बढाउने कैलालीका निमित्त प्रजिअ मोहन राज जोशीले बताए ।

२०७४ भदौ ९ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...