गुण्डा नाईके 'डन' चक्रे मिलन ठमेलबाट पक्राउ


काठमाडौं । 

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गुण्डा नाईके 'डन' चक्रे मिलनलाई प्रक्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रवीन्द्र धानुकले जिम्मेवारी सम्हालेको भोलिपल्टै चक्रे मिलन फन्दामा परेका हुन् ।

स्थानीय बासिन्दाले गुणगर्दी गरेर डन चक्रेले दुःख दिएको भन्दै उजुरी दिएपछि शुक्रबार अपराह्न ठमेलबाट पक्राउ गरिएको एसएसपी धानुकले जानकारी दिए ।

‘गुण्डागर्दी गरेर सर्वसाधारण र ब्यवसायीलाई दुःख दिने जो कोहीलाई अब प्रहरीले बाँकी राख्दैन, काठमाडौंलाई सुरक्षीत शहर बनाउने मेरो अभियान सुरु भएको छ,’ धानुकले भने ।

,

प्रतिकृया दिनुहोस्

Loading...