१५ दिनभित्र काम सुरु नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्ने ऊर्जा मन्त्रीको चेतावनी

  • काठमाडौं । 
ऊर्जामन्त्री महेन्द्र शाहीले अबको १५ दिनभित्र काम सुरु नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्ने चेतावनी दिएका छन्। 

ऊर्जा मन्त्रालयले जलविद्युत निर्माण तथा सर्वेक्षणको अनुमति लिएर लामो समय काम नगर्ने विभिन्न कम्पनीलाई काम सुरु गर्न १५ दिने अल्टिमेटम दिएको छ ।

ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा विद्युत विकास विभागले आइतबार १५ दिनभित्र काम सुरु गरिसक्न भन्दै प्रत्येक कम्पनीलाई पत्र काटेेको छ ।

अब कुनैपनि बहानामा सरकारले भनेको मितिभित्र काम सुरु नगरी आलटाल गर्ने कम्पनीको अनुमति खारेज गर्ने ऊर्जामन्त्रीको चेतावनीपछी विभिन्न जलबिद्युत कम्पनीको होस् हवास उडेको छ ।

विभिन्न कम्पनीले सर्वेक्षणको अनुमति तथा उत्पादनको लाइसेन्स लिएकाले वर्षौंसम्म काम नगर्ने गरेका छन्। झोलामा खोला राखेर बेच्ने गरेका कारण नै नयाँ कम्पनीले जलबिद्युत कम्पनीको काममा हात हाल्न पाएका छैनन्।

मन्त्री शाहीले स्वदेशी मात्रै होइन, समयमा काम अघि नबढाए बिदेशी कम्पनीको पनि लाइसेन्स खारेज गर्ने बताए ।

२०७४ भदौ 4 गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...