माओवादी फर्किएका झाले भने बाबुराम नेता नै हैनन्, एमालेको वेत हो जति पानी हालेपनि काम छैन

  • काठमाडौं । 
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति छोडेर नेकपा माओवादी केन्द्रमा फर्किएका नेता रामचन्द्र झा डा. बाबुराम भट्टराईलाई नेता नै नभएको आरोप लगाएका छन्। झाले भनेका छन्- 'भट्टराई विचारक भए पनि सही समयमा सही निर्णय लिन नसकेकोले उनि नेता नै हैनन्।'

भर्खरै नयाँ शक्ति छोडेका नेता झासहित नयाँ शक्तिका केही नेताहरु र विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले कारबाही गरेर निकालेका पारसमणि आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

उनीहरुलाई अध्यक्ष प्रचण्ड सहितका नेताहरुले झासँगै रामकुमार शर्मा, ब्रिजकिशोर यादव, कलामुद्दिन रायन, महेन्द्र केसी ‘पारसमणि’ लगायतका नेताहरुलाई पार्टीमा प्रवेश गराए ।

कार्यक्रममा झा र शर्माले बाबुरामको कमजोरी अन्तरविरोध हल गर्न नसक्नु भएको बताए । उनले सही समयमा सही निर्णय लिन नसकेकै कारण संघीय समाजवादी फोरमसँगको पार्टी एकता भाँडिएको दुबैको आरोप छ । नयाँ शक्तिमा सहअध्यक्ष रहेका झा पार्टी एकताका लागि बनेको वार्ता समिति संयोजक थिए । 

माओवादी प्रवेश गरेका झाले आफ्नो पूर्व पार्टी एमालेको पनि आलोचना गरे । एमालेले बर्गीय विभेदको कुरा गरेपनि सामाजिक, सांस्कृति र भाषामा हुने विभेद सुन्नै नचाहेको भन्दै भन्दै झाले भने, ‘एमाले भनेको वेत हो । त्यसमा जति पानी हालेपनि फल र फूल केही दिँदैन ।’

यस्तै नयाँ शक्तिका बरिष्ठ नेता देबेन्द्र पौडेल लगायतको अर्को समूह पनि माओवादी केन्द्रमा प्रवेश गर्ने हल्ला चलिरहेको छ । पत्रकार सम्मेलन नै गरेर धुर्बिकरणको आब्हान गरेका पौडेलसहितका १५ जना नेताहरुलाई नयाँ शक्तिले निस्काशन गरेपछि उनीहरु माओवादी केन्द्रमा फर्किन लागेको हल्ला चलेको छ।

२०७४ भदौ ४ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...