चीनका उपप्रधानमन्त्री काठमाडौं आइपुगे

  • काठमाडौं।
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली तीनदिने औपचारिक भ्रमणका लागि आज साँझ नेपाल आइपुगेका छन् । 

पाकिस्तानको स्वतन्त्रता दिवसमा सहभागी भएर उनी काठमाडौं आइपुगेका हुन् । उनी ५२७३ विमानमा भारतीय आकाश हुँदै काठमाडौं प्रवेश गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र राजनीतिक दलका शीर्ष नेताहरुसँगको शिष्टाचार भेट र वार्तालाप बाहेकका दुईवटा कार्यक्रममा मात्रै चिनियाँ उपप्रधानमन्त्रीको कार्यसूचिमा छन् ।

सरकारले चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण दुईपक्षीय सहयोग र सद्भाव अभिवृद्धिमा नै केन्द्रित हुने बताएको छ । २९ सदस्यीय टोली रहेको उक्त वाङको भ्रमण पाँच वर्षयता चीनका तर्फबाट हुन लागेको उच्चस्तरीय भ्रमण हो । 

सन् २०१२ को आरम्भमा प्रधानमन्त्री वेन जियावाओले पाँच घण्टे नेपाल भ्रमण गरेका थिए । सन् १९९६ मा जियाङ जेमिनले नेपाल भ्रमण गरेपछि चीनका राष्ट्रपतिबाट नेपाल भ्रमण नै भएको छैन । दोक्लम विषयमा नेपाल तटस्थ रहने सरकारले बताएको छ । 


कस्तो छ उनको भ्रमण तालिका ?

–काठमाडौं आएलगत्तै आफ्ना दूतावास अधिकारीसँग नेपाल–चीन सम्बन्ध र यहाँको पछिल्लो विकास प्रक्रियामा चीनको सहभागितालगायतका विषयमा आन्तरिक छलफल

–मंगलबार बिहान वसन्तपुर दरबार पुन निर्माणको शिलान्यास, भूकम्पले क्षतिग्रस्त उक्त नौतले दरबार पुनर्निर्माणमा चीनको अनुदान सहयोग छ 

–पुनर्निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

–मंगलवार नै उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको टोलीसँग छलफल, छलफल २०७२ चैतमा चीनसँग भएका पारवहन तथा अन्य सम्झौता कार्यान्वयन र सहयोगबारे केन्द्रित रहने 

–बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआई मार्फत सहयोग गर्ने विषयमा छलफल गर्ने 

– बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट

–प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट
(अन्य साना दलका नेता तथा मधेस केन्द्रित दलसँग राजनीतिक भेटवार्ता हुनेछ । 

–भेटघाट सकेर बुधबार नै उनी स्वदेश फर्कने छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...