भारतमा रेल दुर्घटनाः २१ को मृत्यु, ८५ घाइते

  • बीबीसी

भारतको उत्तर प्रदेशको मुजफ्फरनगरको खतौली नजिकै भएको कलिंग उत्कल एक्सप्रेस दुर्घटनामा कम्तीमा २१ को मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

मुजफ्फरनगरका जिल्लाधिकारी जिएस प्रियदर्शीले बीबीसीलाई मृतक र घाइतेबारे जानकारी दिएका हुन् । घाइतेको सरकारी र नीजि अस्पतालमा भर्ना गरिएको उनले बताए ।

जिल्लाधिकारीका अनुसार रेलका बाँकी करिब दुई हजार यात्रीलाई सरकारी बसमार्फत आ–आफ्नो गन्तव्यसम्म पुर्याइएको छ ।

कलिंग उत्कल एक्सप्रेसको १३ डिब्बा ट्र्याकबाट निस्किएका थिए । उक्त ट्रेन पुरीबाट हरिद्वार गइरहेको थियो।

रेलमन्त्री सुरेश प्रभुका अनुसार घटनास्थलमा राहत र बचाउको काम भइरहेको र ट्र्याकबाट डिब्बा हटाउने काम भइरहेको छ । रेलमन्त्रीले ट्वीटरमार्फत सबै घाइतेलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...