पत्रकार महासंघ केन्द्रिय सदस्यमा क्रान्तिकारीबाट जैसी र लामाको उम्मेदवारी

  • काठमाडौँ ।

आईतवार (आज) देखि हुने नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा क्रान्तिकारी पत्रकार संगठन नेपालका तर्फवाट खुला केन्द्रिय सदस्य पदमा जन्मदेव जैसी र उपत्यका केन्द्रीय सदस्यमा मनध्वज लामाले उम्मेदवारी दिएका छन् ।
पत्रकारहरुको साँझा तथा छाता संगठन नेपाल पत्रकार महासंघमा क्रान्तिकारी पत्रकार संगठनका तर्फवाट सहभागिता जनाउदै जैसी र लामा केन्द्रिय सदस्य पदका लागि चुनाव लड्ने भएका हुन ।

क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रिय समितिको सनिवार अनामनगमा बसेको बैठकले खुल्ला केन्द्रिय सदस्यमा जन्मदेव जैसी र उपत्यकाको केन्द्रिय सदस्यमा मनध्वज लामालाई चुनाव लड्ने निर्णय गरेको संगठनका अध्यक्ष प्रभात चलाउनेले जानकारी दिए । 

चुनावी तालमेलमा अन्य संगठनसंग कुरा नमिलेपछि संगठनले दुई जनालाई केन्द्रिय सदस्यमा चुनाव लड्ने निर्णय गरेको अध्यक्ष चलाउनेले बताएका छन् ।

२०७४ भदौ 4 गते प्रकाशित

यो पनि पढ्नुहोस्

, ,

प्रतिकृया दिनुहोस्

Loading...