मापसे गरेर केटी जिस्क्याउदै गाडी कुदाउनुहुन्छ ? ख्याल गर्नुहोस् कारवाहीमा पर्नुहोला !


तनहुँ । 

पादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई थप अंकुश लगाउने निर्णय यातायात व्यवसायीहरुले गरेका छन् ।

दमौलीस्थित व्यासभूमि यातायात व्यवसायी समितिले मादक पदार्थ (मापसे) सेवन गरेर सवारीसाधन चलाउने गरिएको पाइएपछि चालकमाथि जागरिबाट निस्कासन गर्ने निर्णयसहित उक्त अंकुश लगाएको हो ।

त्यतिमात्र होइन, चालक वा सहचालकले युवतीलाई जिस्क्याउन पनि पाइने छैन । समितिले सवारीसाधन चलाउने चालक र सहचालकले मादक पदार्थ सेवन र सवारी चलाउने क्रममा युवती जिस्काएको पाइएमा चालक र हचालकलाई जागिरबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
समितिको उक्त निर्णयको समर्थनमा मापसे गर्ने चालकको लाइसेन्समा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले प्वाल पार्ने बताएको छ ।

धेरैजसो दुर्घटना मापसेले गर्दा हुने गरेको पाइएपछि समितिले यस्ता चालकलाई अयोग्य घोषित जागरिबाट हटाउने गरेको व्यास भूमि यातायात व्यवसायी समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

साथै अब चालकले गाँजा, भाङलगायत लागू पदार्थ सेवन गर्न पाइने छैन । अहिलेसम्म ७ जना मापसे गर्ने चालकलाई अयोग्य घोषित गरी जागिरबाट हटाइसकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यो अभियानमा सम्पूर्ण यातायात व्यवसायीले साथ दिनुपर्ने उनको भनाइ छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...