प्रचण्डपुत्री रेणुलाई फेसबुकमा तथानाम गाली गर्ने देवी ज्ञवालीका छोरा पक्राउ

  • काठमाडौँ ।
भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाको टोलीले बुधबार निरभलाई पुतलीसडकबाट पक्राउ गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए।

कार्कीका अनुसार ज्ञवालीविरुद्ध भरतपुरमै माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेकी रेणु दाहालले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई गाली गलौज गरेको भनेर उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले निरभलाई पक्राउ गरेको हो। पक्राउ परेका निरभलाई अहिले महाशाखामा राखिएको छ।

अब उनलाई साइबर अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ। मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा साउन २० गते पुनः चुनाव हुँदैछ । चुनावकै मुखमा निरभलाई पक्राउ गरिनालाई शंकाको रुपमा हेरिएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा अश्लिल शब्द लेख्दै दाहाललाई गालीगलौज गरेका ज्ञवालीको चुतार्फी बिरोध समेत भएको थियो ।

२०७४ साउन १८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...