८८ केजी सुन तस्करी प्रकरणबारे भयो यस्तो नयाँ खुलासा

  • काठमाडौं ।

नेपालको भूमि प्रयोग गरी तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता लागेको छ ।
तिब्बतको नाका रसुवागढीबाट नेपाल प्रवेश गरेको उक्त सुन कहीँ पनि चेकजाँच नभइ काठमाडौं आइपुगेको तथ्य फेला परेको हो ।
चिनियाँ नागरिकले मगाएको सुन ठमेलमा होटल सञ्चालन गर्दै आएका चिनियाँ नागरिक याङवेन विङ र पान विङ मिङले मगाएको उक्त सुन प्रहरीले सुराकीको आधारमा सोमबार क्षेत्रपाटीबाट पक्राउ गरेको थियो ।
काठमाडौं भित्र्याएको उक्त सुन लिन २ भारतीय नागरिक शिवम् पटेल र रानी वर्मा ठमेलमा बसेको भए पनि उनीहरुले सुन रिसिभ गर्न नपाउँदै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।
रसुवागढीबाट आउको बा १ च ६४२७ नम्बरको टाटा स्ट्रोम गाडी बिनाचेक जाँच राजधानी भित्रिएको थियो । १४ स्थानमा चेकजाँच गर्ने प्वाइन्ट भए पनि कहींकतै उक्त गाडी चेक भएको थिएन ।
२०७४ भदौ २० मा प्रकाशित । 

,

प्रतिकृया दिनुहोस्

Loading...