८८ किलो सुन काण्डमा सम्लग्न ५ व्यवसायी पक्राउ

  • काठमाडौं ।
८८ किलो सुन काण्डमा संग्लन ५ जना सुन व्यवसायी पक्राउ परेका छन् । गत भदौं १७ गते महाशाखाको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको थियो।

पक्राउ पर्नेहरुमामा रन्जना ट्रेड सेन्टरमा रहेको कार्य विनायक सुनचाँदी गहना पसलका संचालक गणेश दत्त, रविश्याम ट्रेडसका संचालक सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसलका संचालक शुभरत्न शाक्य,उल्लास दिनकर र नन्दकुमार मर्ग रहेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार ८८ किलो सुन काण्डमा उनीहरुको पनि सम्लग्नता देखिएको बताए। 

अन्य सुन व्यवसायीहरु पनि छानबिनको दायरामा रहेको एसएसपी लोहनीले बताए। उक्त सुन चीनको केरुङ हुदैँ काठमाडौं आएको थियो। सुन चिनियाँ नागरिकले नेपालसम्म ल्याइदिएको र सुन मालिकहरु उनीहरु नै हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

यो पनि पढ्नुहोस्
२०७४ असोज ४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...