सैक्षिक माफिया र भ्रष्टहरुमाथि आक्रामक बन्दै क्रान्तिकारी, तनहुँमा पुर्व प्रअमाथि कालोमोसो दलियो


आश तमु, पोखरा ।

सैक्षिक माफिया, भ्रष्ट र दालाहरुबिरुद्ध आक्रामकरुपमा उत्रिएको नेकपानिकट अखिल (क्रान्तिकारी)ले एकपछि अर्को कारवाही अगाडी बढाउदै लागेको छ ।

देशैभर दलाल भष्ट्रचारलाई निसानामा पार्दै आएको क्रान्तिकारीले तनहुँ बन्दिपुर स्थित श्री भानु मावीका शिक्षक तथा पुर्व बिद्यालय प्रअ दिप बहादुर खत्रीलाई कालोमोसो दलेको छ ।

बिद्यालय प्रधानाध्यापकको जिम्मेवारीमा रहेका बेला खत्रीले आर्थिक अनियमितता गरेको भन्दै अभिभाबकहरुले गुनासो पोखेपछि बिद्यालयमै पुगेर शिक्षक खत्रीलाई क्रान्तिकारीले कालो मोसो दलेको हो।

सिक्षा क्षेत्रमा मौलाएको भ्रष्टाचार, दलालीकारण र अनियमितता रोक्न भ्रष्ट शिक्षकलाई संङगठनले कार्वाही गरेको अखिल क्रान्तिकारी गण्डक व्युरो संयोजक प्रकाश विश्वकर्माले बताए ।

शिक्षक खत्रीले बिद्यालयमा विज्ञान बिषयका सामग्री खरीद गर्दा ७ लाख, कम्प्युटर किन्ने नाउमा ४० हजार, करिव १ करोडको भौतिक संरचना निर्माण गर्दा फर्जी विल बनाई कमिसन खाएको, शिक्षक सरुवा, तलव भत्ता वितरण गर्दा राजनैतिक प्रतिशोधको आधारमा भेदभाव गरेको, विधालयको भौतिक संरचना निर्माण गर्दा कागजपत्र हिनामिना गरेको जस्ता आरोप लगाएका छन।

२०७४ असोज ४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...