एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट : हङकङलाई ५ विकेटले हराउँदै च्याम्पियन बन्यो नेपाल

  • काठमाडौँ । 
एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा नेपालले हङकङलाई ५ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको छ । 

जीतका लागि ७६ रनको लक्ष्य पाएको नेपालले मात्र १४.४ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्याएको थियो ।

मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए भने सन्दीप सुनार र प्रनित थापामगरले समान १९ रनको योगदान दिए ।

यसअघि, हङकङ मात्र ७६ रनमा अलआउट हुन पुगेको हो ।

२०७४ असोज १ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...