सुदुरपश्चिममा अाज बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै


बैतडी।

सुदूरपश्चिमका जिल्लाहरूमा बुढी पोल्ने पर्व धुमधामका साथ मनाईँदै छ । 

प्रत्येक वर्ष असोज संक्रान्तिका दिन, राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको सम्झनामा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । 

यस पर्वमा गाईबस्तुको हेरचाह गर्ने गोठलाले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ लिङगो आदि रुखहरु काटेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ । 

द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान कृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेको वेला भगवान कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने गरिन्छ । 

जासुसी राक्षस पुतना दहनका लागि आज साँझ सबै घरबाट काँस, अमरिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलनसमेत रहेको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले जानकारी दिए। 

साँझ आकासमा तारा चम्केपछि मात्रै राक्षसी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहँदै आएको छ । 

२०७४ असोज १ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...