आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

  • काठमाडौं ।
आयल निगमका प्रमुख गोपाल खड्कालाई बर्खास्त गरेको छ ।

मुलुकका सातै प्रदेशमा इन्धन भण्डारणका लागि निगमले गरेको जग्गा खरिदमा भ्रष्टचारमा मुछिएका थिए खड्कालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पदच्युत गर्ने निर्णय गरेको हो । 

आजको बैठकमा आपूर्तिमन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने प्रस्ताव क्याबिनेटमा लगेका थिए । 

संसद्को विभिन्न समितिले अनियमितताको आरोप लागेका खड्कालाई तत्काल जिम्मेवारीबाट हटाउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।

क्याबिनेट बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बस्नेतले भने- ‘जीएम हटाउने विषयमा आपूर्ति मन्त्रीज्यूले केही कुराहरु भन्नुभएको छ । काममा राम्रोसँग सहयोग नगर्ने र गुटबन्दी गर्ने । त्यसैले असहयोग भयो भन्ने किसिमले उहाँले प्रस्ताव ल्याउनुभएको छ ।’

खड्काले भ्रष्टाचार गरेकोतर्फ संकेत गर्दै मन्त्री बस्नेतले अगाडि भने- ‘अनियमितताका बारेमा त तपाईहरु सबैलाई जानकारी नै छँदैछ । म आफैंले पनि नवलपरासीमा हेरेर आएको हुँ अनुगमन भ्रमणको सिलसिलामा । त्यो विषय पनि उठान भएको छ ।’

२०७४ असोज २ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...