स्पेनिस ला लिगा : रियल मड्रिड विजयी


काठमाडौं ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गतआइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । 

अवे मैदानमा भएको खेलमा साबिक विजेता रियल मड्रिडले रियल सोसिडाडलाई ३–१ ले हराएको हो । 

रियलको जितमा बोर्जा मायोरल र ग्यारेथ बेलले गोल गरे । यस्तै रियल सोसिडाडका केविन रोड्रिग्वेजले एउटा आत्मघाती गोल गरे । 

रियल सोसिडाडका लागि रोड्रिग्वेजले नै गोल गरे । १९ औं मिनेटमा मायोरलको गोलबाट रियल मड्रिडले अग्रता लियो । 

२८ औं मिनेटमा रोड्रिग्वेजले रियल सोसिडाडका लागि बराबरी गोल फर्काए । तर ३६ औं मिनेटमा उनैले आत्मघाती गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । पहिलो हाफमा २–१ ले अघि रहेको रियल मड्रिडका लागि ६१ औं मिनेटमा बेलले गोल गर्दै ३–१ को जित दिलाए ।

यो खेलमा रियल मड्रिड रोनाल्डो बिना खेलेको थियो । रियल मड्रिडको जितसँगै रियल सोसिडाडको लगातार तीन खेलको विजयी यात्रा टुंगिएको छ । 

चार खेलबाट ८ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । ९ अंकसहित रियल सोसिडाड तेस्रो स्थानमा छ । राति नै भएको खेलमा गिरोनालाई १–० ले हराएको सेभिल्ला चार खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । 

राति नै भएका खेलमा भिल्लारियलले एलाभेसलाई ३–० तथ लास पालमसले एथ्लेटिको बिल्बाओलाई १–० ले हराएका छन् ।

२०७४ असोज २ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...