'केपी र कोमल ओलीको शैली-स्वभाव मिल्छ, उतै जादाँ हुन्छ'

  • काठमाडौँ ।
गायीका कोमल ओली नेकपा (एमाले)मा प्रवेश गर्न लागेकी छन् । केहीसमय पहिले भव्य कार्यक्रसहित राप्रपामा प्रवेश गरेकी थिइन् । एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

आफूलाई हिन्दूवादी नारी भन्दै आफ्नो बाँकी जीवन राप्रपालाई दिने बाचा गरेर राप्रपामा प्रवेश गरेकी गायीका ओली स्थानीय तह निर्वाचनको परिणामपछि दोधारमा थिइन् । राप्रपा ठूलो पार्टी बन्‍ने र अाफू सांसद र मन्त्री बन्‍ने सपना बोकेर राप्रपामा प्रवेश गरेकी उनी त्यो नदेखेपछि राप्रपा छोड्न लागेको चर्चा सुरु भएको छ ।

एमालेले कोमल ओलीलाई पार्टी भित्र्याउन सोमबार भव्य कार्यक्रमको आयोजना गरेको बताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर पार्टीमा स्वागत गर्ने बताइएको छ । गायीका ओलीलाई एमालेले सांसद बनाउने बचन दिएपछि पार्टी प्रवेश गर्न लागेकी हुन् ।

उता राप्रपा अध्यक्ष कमल थापाले भने प्रारम्भिक प्रक्रिया दिँदै कोमल ओली र केपी ओलीको शैली, स्वाभाव मिल्ने बताएका छन् ।

शनिबार संचारमाध्यममा कोमल ओलीले पार्टी छोड्न लागेको खबर आएपछि थापाले आफू निकट नेताहरुसँगको छलफलमा कोमल ओलीको पार्टीका खासै काम नभएका कारण पार्टी छोड्दा राम्रै हुने सुझाव दिएका छन् ।

अध्‍यक्ष थापाले राप्रपामा अास्था र निष्ठाको राजनीति गर्न नसकेर गायीका ओलीले पार्टी छोड्न लागेको बताए । उनले ओली अवसरवादी महिला भएको अाफू निकट नेताहरुसँगको छलफलमा भनेको स्रोतले बतायो ।

आफ्नै दम्भका कारण समस्यामा परेका राप्रपा अध्यक्ष कमल थापालाई गायीका ओलीसँगै रेखा थापाले पनि पार्टी छोड्ने तयारी गरेको बताइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...