जनकपुर उपमहानगरमा राजपा दोब्बर मतले विजयी, कांग्रेस पत्तासाफ

  • धनुषा ।
धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाले जित हासिल गरेको छ ।

राजपाका मेयर पदका उम्मेदवार लालकिशोर साहले कांग्रेसका उम्मेदवार भन्दा दुई गुना बढी मतले जित हासिल अग्रेका छन् ।

सुरु देखि नै अग्रता लिएका साहले २१२७७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार मनोज कुमार साहले १०६३९ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा पनि राजपाकी रिता झाले १६६१७ मत ल्याएर विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी निलम कर्णले १०१०९ मत ल्याएकी छन् । २०१५ सालदेखि निरन्तर रुपमा कांग्रेसका बागीले जित्दै आइरहेका थिए ।

२०७४ असोज ८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...