सुशीला कार्कीको पावरमा सर्वोच्च पुगेका नवराज सिलवाललाई लाग्यो '२४० भोल्ट'को झट्का !

  • काठमाडौं । 
आफू प्रहरीको प्रमुख हुन पाउँनु पर्ने भन्दै सर्वोच्चको ढोका ढकढकाउन पुगेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवाल अन्ततःलाई नराम्रो झट्का लागेको छ । अर्को शब्दमा भन्ने हो भने जयबहादुर चन्दलाई ढाल्न हानेको तीरलेले सिलवाल आफै ढलेका छन् । 

सर्वोच्च अदालतले मंगलबार दुईपन्ने आदेश जारी गरेसँगै ८ महिना लामो आइजीपी नियुक्ति प्रकरणको पटाक्षेप भएको छ । आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग गर्दै डीआईजी सिलवाल सर्वोच्च गएका थिए । 

तर, प्रकाश अर्याललाई महानिरीक्षक बनाउने सरकारको निर्णय सदर गर्दै सर्वोच्चको पूर्ण इजलासले मंगलबार सिलवालको रिट खारेज गरेको थियो । सिलवालले मंगलबार साँझै विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका हुन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको पूर्ण इजलासले डिआइजी सिलवालको रिट मंगलबा खारेज गरेको थियो । सर्वोच्चको निर्णयले उनलाई यतिबेला २४० भोल्टको झट्का लागेको छ । 

सुरुमा सरकारले डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालत गुहारेपछि चन्दले ब्याक हुनु पर्‍यो । चन्द अहिले एआइजी पदमा कार्यरत छन् ।

सर्वोच्चमा सुशीला कार्की प्रधानन्यायाधीश हुनेबेलासम्म सिलवालले निकै चर्चा पाएका थिए । सर्वोच्च तर कार्कीको अवकाशसँगै सिलवालको चर्चा पनि हरायो । 

सिलवालले केही वकिलहरुको पछि लागेर सरकारलाई घुँडा टेकाइ छाड्ने अठोट गरेको पनि नसुनिएको होइन । कार्य सम्पादन मूल्यांकनमा प्रकाश अर्यालको भन्दा आफ्नो नम्बर बढी रहेको दाबा गर्दै उनले सर्वोच्च अदालतमा रीट दायर गरे । र, आफूलाई आइजीपी बनाइनुपर्ने मागदाबी अघि सारे । 

यसो गर्नमा सिलवाललाई केही वकिलहरुको ढाडस र सर्वोच्च अदालतमा रहेका आफू निकट न्यायाधीशको आशले धेरै ठूलो काम गरेको थियो ।

किनकी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश कार्की सिलवालको ‘फेवर’ मा थिइन् । त्यसैगरी सिलवाललाई अर्का एक न्यायाधीशले पनि पुरानै साथीका नाताले साथ दिएको चर्चा थियो ।

तर स्मरण रहोस सर्वोच्च अदालतको निर्णयमा भनिएको छ कि -'लोकसेवा आयोग लगायतबाट कार्यसम्पादन मूल्यांकन फारम झिकाएर खोली हेर्दा नवराज सिलवालको भन्दा प्रकाश अर्यालको नै नम्बर बढी देखिएकाले अर्याललाई आइजीपी बनाउने सरकारको निर्णय सही देखिएको छ ।'

सिलवालले चन्दलाई प्रहरी प्रमुख हुनबाट रोके तर सिलवालले भने प्रहरी सेवाबाट सधैका लागि बिदा लिनुपर्ने अवस्था आयो । उसो त प्रहरी संगठनमा हुँदा पनि सिलवाल विवादबाट पूर्ण मुक्त प्रहरी अधिकारी भने होइनन् । उनले श्रीमतीमार्फत मिटर ब्याजमा पैसा लगाउने गरेको आरोप उनीमाथि लाग्दै आएको थियो ।

त्यतिमात्र होइन उनले बर्दीको मान मर्यादा बिर्सेर पैसा माग्दै चितवनका एक व्यापारीलाई थर्काएको अडियो समेत सार्बजनिक भएको थियो ।

२०७४ भदौ २८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...