राजस्व नतिर्ने एनसेलमाथि कम्युनिस्ट पार्टीद्वारा दोस्रो चरणको कारवाही सुरु !

  • काठमाडौं । 
राजस्व नतिर्ने एनसेलमाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दोस्रो चरणको कारवाही सुरू गरेको छ ।

शुक्रबार राति  रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. २, पलटोलमा रहेको एनसेलको टावरमाथि नेकपाका कार्यकर्ताहरुले आगजनी गरेका छन् ।

आगजनीका कारण ५ करोडभन्दा बढी क्षति भएको शुरुवाती अनुमान छ । एनसेलले राज्यलाई ३० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको जनाइएको छ । तिर्न अटेर गरे थप कारवाही गर्ने बताइएको छ ।

अर्बौं रुपैयाँ राजस्व नतिरेका कारण विवादित बनेको एनसेलमाथि कम्युनिष्ट पार्टीले कारवाही सुरु गरेसँगै अन्य करछली गर्ने ठुला कम्पनीहरु तनाबमा परेका छन् ।

यसअघि पनि नेकपाले २८ वटा टावरमाथि अाक्रमण गरेर क्षति पुर्याएकाे थियो । त्यसपछि करिब २४ अर्ब रुपैयाँ तिरेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...