चम्कियो नेपाल: मलेसियालाई १० विकेटले हराउँदै यु–१९ एसिया कपका लागि छनौट


काठमाडौं ।

नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

शनिबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियालार्इ १० विकेटको फराकिलो अन्तरमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। फाइनलमा स्थान बनाएसँगै नेपाल यू–१९ एसिया कपमा छनोटसमेत भएको छ।

मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा बिना विकेटको क्षतिमा पार गर्न सफल भयो। नेपाली बलरसामु कमजोर देखिएको मलेसिया अन्ततः ४२ ओभरमा एक सय २१ रनमा अलआउट भयो।

नेपाललाई सहज जित दिलाउने क्रममा ओपनरद्वय सन्दीप सुनार नटआउट ५१ र मोहमद आसिफ शेखले नटआउट ५० रन जोडेका थिए भने सन्दीपले ७७ बल खेलेर ८ चौका हिर्काए भने आशिफले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

पहिले ब्याटिङ गरेको मलेसिया ४२ ओभर खेल्दै १२१ रनमा अलआउट भएपछि नेपाल चम्किएको हो। मलेसियालाईसस्तैमा समेट्न नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ५ विकेट लिएका थिए। यस्तै पवन शर्राफले २, रोहित पौडेल, सन्दीप लामिछाने र सहाब अलामले पनि १-१ विकेट लिए। 

मलेसियाका ओपनर अजिज मुवारकलाई रोहितकुमार पौडेलले ब्यक्तिगत पाँच रनमा पेभेलियनको बाटो देखाएपछि अरु कुनै ब्याट्सम्यान पनि टिक्न सकेनन् ।

नेपालले पछिल्लो तीन महिनामा मलेसियाको युवा टोलीलार्इ पराजित गरेको तेस्रो पटक हो। तीन महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र मलेसिया दुई पटक भिडेका थिए। दुवै खेलमा नेपालले मलेसियलाई समान ५–५ विकेटले हराएको थियो ।

नेपालले अब उपाधिका लागि सिंगापुर र हङकङ मध्ये एक टीमसंग खेल्नेछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...