जर्मनी बसेर नेपालीलाई गाली गर्ने आत्मारामलाई नेपाल झिकाउन सिआइबीले थाल्यो प्रक्रिया

  • काठमाडौँ ।
जर्मनी बसेर नेपालीलाई गाली गर्ने आत्मारामलाई नेपाल झिकाउन सिआइबीले प्रक्रिया थालेको छ । अध्ययनका लागि जर्मनी पुगेका धादिङ त्रिपुरासुन्दरीका आत्माराम थपलियालाई प्रहरीले नेपाल झिकाउने तयारी थालेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा नेपालका विभिन्न जातजाति र धार्मिक समुदायको अपमान हुने गरी आपत्तिजनक स्टाटसहरु पोस्ट गर्न थालेपछि  'नेपालका ठकुरी र मंगोलियन समुदायलाई फेसबुकमा तथानाम गाली गर्ने थपलिया को हुन् ?' शीर्षकमा इमान्दार मिडियाले समाचार प्रकाशित गरेको थियो।

उनले लेखेका अधिकांश स्टाट्स धर्म सम्बन्धी र जातजाती सम्बन्धी छन्। उनको स्टाट्सले जातीय सद्भावमा खलल पुगेको भन्दै प्रहरीले उनलाई झिकाउन सम्बन्धित निकायलाई पत्राचार गरिसकेको प्रहरीले बताएको छ।

सिआइबीले उनलाई साइबर क्राइम अन्तर्गत नै मुद्दा चलाएर कुटनीतिक पहलमार्फत नेपाल झिकाउन लागेको जानकारी दिएको छ।

उनले उपराष्ट्रपति नन्दबहादुर पुन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुलाई मुछेर पनि स्टाट्स लेखेका थिए। प्रहरीका अनुसार बढीमा १ महिनाभित्रमा उनलाई झिकाइने छ।

२०७४ असोज ४ गते प्रकाशित

यो पढ्नुहोस् 

, ,

प्रतिकृया दिनुहोस्

Loading...