निर्वाचन आयोग कस्सिएपछि केही मन्त्रीको पद धरापमा

  • काठमाडाैं । 
निर्वाचन आयोगले आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सच्याउन सरकारलाई आग्रह गरेको छ । 

आयोगले मन्त्रिपरिषद् विस्तारले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने ठहर गरेको छ । 

‘मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायहरूबीच संवैधानिक दायित्वबमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अवमूल्यन हुने र निर्वाचन अचारसंहिता प्रतिकूल हुने भएकाले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आग्रह गर्दछ,’ आयोगद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

सरकार आफैंले प्रदेश र संघको निर्वाचनको मिति तय भइसकेको अवस्थामा सरकारले आचारसंहिता उल्लंघन गर्दै जाने विषयले आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारको पछिल्लो मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगले आग्रह गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उनका अनुसार आयोगले सरकारलाई निर्णय सच्याउन जानकारी दिइसकिएको छ । राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप गर्दै सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका थिए । राजधानी दैनिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...