रहेनन् चर्चित रेडियो प्रस्तोता तथा गायक बासुदेव मुनाल

  • काठमाडौं ।

रेडियो प्रस्तोता तथा गायक बासुदेव मुनालको निधन भएको छ । घाँटीमा भएको क्यान्सर (पाइरोफ़ोम साइनस) को उपचार गराईरहेका मुनालको ६८ वर्षको उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा बिहीबार निधन भएको हो ।

फेसबुक पोस्टमार्फत रेडियो नेपालका उपनिर्देशक तथा संगीतकार-गायक टीका भण्डारीले मुनालको निधनबारे जानकारी गराएका छन् । मुनालका छोरा मोहितले आफूलाई घटनाको जानकारी गराएको भण्डारीले उल्लेख गरेका छन् । 

रेडियो नेपालको बाल कार्यक्रममार्फत स्रोतामाझ परिचित मुनाललाई ११ वर्षअघि लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो ।

विराटनगरमा बिस २००६ सालमा जन्मिएका मुनाल रेडियो नेपालमा ४ दशक बिताएका थिए। ‘उनले रेडियो नेपालबाटै आफ्नो करियर सुरुगरेका हुन्।

रेडियो नेपालको बाल कार्यक्रमले नै उनलाई बालबालिका बिच मात्र नभएर सिङ्गो नेपाली समाजमा नै रेडियो प्रसारणको एक सफल हिरो बनायो, सूचना र संचारको क्षेत्रमा एक लोकप्रिय कार्यक्रम प्रस्तोताको रुपमा चर्चित बनायो’ भण्डारीले लेखेका छन् ।

मुनाल रेडियो प्रस्तोतासँगै गीतकार र गायक पनि हुन् । उनले थुप्रै लोक शैलीका गीतहरु गाउनु भएको छ। पानी खाने निउँले तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा मादलुको तालमा, झम झम इष्टकोट (पाण्डव सुनवारसँग युगल) आदि उनका धेरै चलेका लोक गीतहरु हुन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...