'नाच्न नजान्ने आँगन टेडो',१०० दिनको कार्यप्रगति सुनाउदै के भने विद्यासुन्दरले ? (पूर्णपाठसहित)

  • काठमाडौं ।
तपाईले एउटा चर्चित नेपाली उखान सुन्नुभएको होला ? 'नाच्न नजान्ने आँगन टेडो' अर्थात आफ्नो थोप्लोमा आएको जिम्मेवारी पुरा गर्न नसकेपछि कतिपय मान्छेले त्यसको दोष अरु नै कसैलाई दिएर पन्छिन खोज्ने गरेको उदाहरण तपाई हामी माझ थुप्रै छन् ।

अझ राजनीतिमा यो कुरा सतप्रतिशत लागु हुन्छ । तर पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा जनताले आफ्नो मत दिएर चुनेका प्रतिनिधिहरु ठिक त्यहि तरिका देखिरहेका छन् । त्यसको पछिल्लो ज्वलन्त उदाहरण हुन् काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य।

शाक्यले आफूले गरेको प्रतिवद्धता अनुसार काम गर्न नसक्नुमा स्थानीय निकायको ऐनकानुन बाधक भएको दाबी गरेका छन् । 

मेयर बनेलगत्तै कहिले मोबाइल त कहिले गाडी खरिद गरेर निक्कै आलोचना खेपेका शाक्यले आफुले काम गर्न नसकेको कुरा स्वीकार गरेनन् बरु ऐनकानुन बाधक भयो भनेर पन्छिन खोजे ।

मेयर शाक्यले बिहिबार आफुले सय दिनमा सम्पन्न गरेका र सुरु गरेका कामहरुको फेहरिस्त सार्वजनिक गर्दै आफूलाई काम गर्न आवाश्यक कानुन नै नभएकाले सोचेजति काम गर्न नसकेको स्पष्टिकरण दिए ।

सय दिनमा १०१ काम गर्ने प्रतिवद्धता जनाएका मेयर शाक्यले केही काम सम्पन्न भएको तथा केही काम भइरहेको दावी पनि गरे । 

उनले आफु निर्वाचित भएपछि १ बर्षे ५ बर्षे र २० बर्षे योजना पारित गरेर कामको सुरुवात गरेकाले ति योजना पुरा भएपछि काठमाडौ महानगरपालिकाको स्वरुप फेरिने दावी गरे । उनले काठमाडौको सडक, फोहोर, ढल, विजुलीका तार व्यवस्थित गर्ने काम भइरहेको बताए । 

पत्रकार सम्मेलनमा मेयर शाक्यले क्लिन सिटि योजनाअनुसार १ हजार आठसय विरुवा रोपेको, सोलार बत्ति जडान,फोहोरबाट २४ किलोवाट विजुली निकाल्ने प्रयास भइरहेको बताए ।

आफूले गरेका प्रतिवद्धता पुरा हुन नसक्नुमा स्थानीय निकायबाट परिचालन गर्नुपर्ने योजना केन्द्रबाटै परिचालन भइरहेको, संविधानले स्पष्ट गरेपनि साविककै कानुन अुनसार काम गर्नुपर्दा अप्ठ्यारो भएको तथा संघीय संविधानअनुसार स्थानीय निकाय अधिकारसम्पन्न भएपनि कतिपय काम अझै आदेशका भरमा गर्नुपर्ने चुनौति रहेको भन्दै उनले जनता रिझाउने काम गरेका छन् ।

यस्तै उनले चुनावअघि आफूलाई हराउन लागिपरेका पक्ष र जिताउनै लागिपरेका पक्षले पनि यथार्थभन्दा गलत प्रचार गरेको आरोप लगाए । 

शाक्यले मोनोरेल मेट्रो रेल र सिटी केबल कार सञ्चालन नआउनुपूर्व सार्वजनिक यातायात व्यवस्थापन गर्न उपत्यकामा साझा यातायातको सेवा थप गर्न लागिएको पनि बताए । 

विद्यासुन्दरले मेयर बनेपछि गरेका भनिएका कामहरु यस्ता छन्ः





२०७४ भदौ २२ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...