साताको पाँचौ दिन ११.९५ अंकले घट्यो बजार


काठमाडौँ ।

साताको पाँचौ दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बिहिबारको बजार ११.९५ अंकले घटेर १५५४.५५ विन्दुमा आइपुगेको छ । 

बुधबार सूचक ११.९४ अंकले बढेर १५६६.५० अंकमा पुगेको थियो। बुधबार बजार खुल्दाकै अवस्थामा बिहीबार बजार बन्द भएको हो। 

मुख्य सूचकलाई पछ्याउँदै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इनेक्स २.२० अंकले घटेर ३२६.०१ अंकमा ओर्लिएको छ।

बुधबार यो सूचक २.७२ अंकले बढेर ३२८.२१ अंकमा पुगेको थियो। बिहीबार कारोबारको सुरुवाती एक घण्टा करिब चार अंकले बढेको बजार त्यसपछी भने निरन्तर घटेर बन्द भएको हो। 

बजारमा तरलता समस्या हट्दै गएको र ब्याजदर खुकुलो बन्दै गएपनि खासै टेवा पाउन सकेन। बिहिबार १५७ कम्पनीका १२ लाख ८५ हजार कित्ता शेयर ७३ करोड ४९ लाख रुपैयाँमा खरिद बिक्रि भए। बुधबारको तुलनामा १० करोड रुपैयाँले कारोबार रकम घटेको हो।

कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

२०७४ भदौ २२ मा प्रकाशित ।








,

प्रतिकृया दिनुहोस्

Loading...