भोट माग्न हिडेका कांग्रेस नेता निधि जनकपुरको सडकमै बेहोस भएपछि

  • काठमाडौं ।
२ नम्वर प्रदेशको निर्वाचनमा होम्मिएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि सडकमै बेहोस भएका छन् । भोट माग्न रोड शो गरिरहेका बेला उनी एक्कासी बेहोस भएपछि हस्पिटल पुर्याइएको थियो ।

अस्पताल पुगेपछि उनको अवस्था सामान्य बनेको छ । अस्पतालबाट निस्केर निधि अस्पताल नजिकैको सीता प्यालेश होटलमा आराम गरिरहेका छन् । 

विहीबार जनकपुरमा रोड शोको अगुवाई गर्दै निधि हिडिरहेका बेला बेहोस भएका छन् । अत्यधिक गर्मी र उच्च रक्तचापका कारण उनी बेहोस भएको डाक्टरले जनाएका छन् । शो गरिरहेका बेला चक्कर लागेर ढल्न खोजेपछि कार्यकर्ताले उनलाई समालेका थिए । 

विगत एक महिनादेखि निधि २ नम्वर प्रदेशमा खट्टिएका छन् । रातदिन चुनावी सभामा माग लिने गरेका निधि पछिल्लो समय मानसिक तनावमा पनि परेका छन् ।

२०७४ भदौ ३० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...