आज रातिदेखि भोट किनबेच अवधि सुरू हुदै !

  • काठमाडौं ।
स्थानीय तहको तेस्रो चरणमा प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनका लागि शुक्रबार (आज) राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरू हुदैछ । यो अवधिमा भोट किनबेच हुने गर्दछन ।

मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेल राजनीतिक दल, दल तर्फका उम्मेदवार , राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सञ्चार जगत्ले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाए पनि त्यो सम्भव भने छैन ।

पहिलो र दोस्रो स्थानीय निर्वाचनमा मौन अबधि सुरु भएपछि चुनावमा सहभागी दलहरुका नेता कार्यकर्ता थुप्रै ठाउँमा भोट किनबेच गरिरहेको अवस्थामा पैसासहित नै पक्राउ परेका थिए ।

उसो त निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मि वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने व्यवस्था छ ।

एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने तथा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्नअंकित पहिरन, टोपी, स्टीकर, प्रतीकचिह्न, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने निर्वाचन आचार संहितामा उल्लेख छ ।

तर कुर्सि र स्वार्थका लागि संसदीय राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले यो आचारसंहिता पूर्ण इमान्दारीपूर्वक पालना गरेको कुनै उदाहरण छैन ।

मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न आयोगले भनेको छ ।

२०७४ भदौ ३० मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...