कालिकोट पुगेर गर्जिए विप्लव : लाजिम्पाटे र बुढानिलकण्ठे दलालहरुसँग रगतको हिसाबकिताब हुन्छ

  • कालिकोट ।
नेपाल कम्युनिस्ट पार्टीले नेपाली काँग्रेस र माओवादी केन्द्र मिलेर फेरि जनताको रगत पिइरहेको बताउँदै त्यसको हिसाब अाफूहरुले राखेको बताए ।

मंगलबार कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । जनसभालाई सम्बोधन गर्दै विप्लवले लाजिम्पाटे र बुढानिलकण्ठे दलालहरुले अाफूहरुसँग निहु नखोज्‍न चेतावनी समेत दिए।

महासचिव विप्लवले माल्लकोटमा बगेको रगतको हिसाव इतिहासमा हुने बतए । उनले अधिकारका लागि आवश्यक पर्यो भने आफुहरु बन्दुक उठाउन तयार रहेको बताए । ‘हामीले कहिल्यै युद्धको कुरा गरेका छैनौं ।’ उनले भने,–‘अधिकारका लागि हामी बुन्दुक उठाउन तयार रहेका छौं ।’ 

नेपालका कुनै पनि नेता बिदेशीको इसरामा चल्ने गरेको दिल्लीको बिषेश भूमिका रहेको महासचिव बिप्लवले बताए । ‘यो देशका सबै नेताहरु दिल्लीको इसरा चल्ने गरेको छन् ।’ उनले भने,–‘यो देशका कुनै पनि नेता त्यस्तो जो काठमाडौंबाट चल्ने हिक्मत राख्दैन् ।’ विप्लवले देशमा शान्ति नआएको देशमा अहिले पनि द्धन्द्ध भइरहेको बताए । ‘देशका ठुलाबडाहरुलाई शान्ति भएको होला ।’ उनले भने,–‘यो देशका दलित गरिब सुकुम्बासीहरुको बस्तीमा शान्ति आएका छैन् ।’ 

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जनतालाई धोका दिएको र उनीहरुलाई जनताले माफ नदिने विप्लवले बताए । ‘(प्रचण्ड) र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जनतालाई धोका दिएँ ।’ उनले भने,–‘यीनीहरुलाई जनताले माफ दिनेवाला दिने छैनन् ।’ अहिले चुनाव संबिधान आफुहरुले नमान्ने त्यसका बिरुद्ध जनसत्ता ब्युताउने तयारी गरेको चन्दले बताए । 

सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रबत्ता खड्कबहादुर बिश्वकर्मा प्रकाण्डले जनयुद्धकालपछि शान्ति प्रकृयामा आउँदा माओवादीसँग हजारौं मानिस भएको र अहिले माओवादी झिंगाले पनि हेर्न छोडेको बताए ।

‘माओवादी शान्तिबार्ता आउँदा माओवादीसँग लाखौं मानिस थिएँ ।’ उनले भने,–‘प्रचण्डले जनतालाई धोका दिएँ अहिले माओवादी झिगाले पनि हेर्न छोडेँ । प्रचण्ड माओवादी खस्कदैँ गएको छ ।’ बिश्वकर्माले नेपालका कुनै पनि नेता भारतको अक्सिजन बिना बाच्न नसक्ने बताए । ‘भारतले नेपालका नेतालाई नदिने हो भने यीनिहरु कोही पनि बाच्न सक्दैनन्’ उनले भने । विप्लवले जनसभालाई सम्बोधन गरिरहेका छन् ।

२०७४ भदौ २० मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...